‘भेइकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’ लागू नगर्न व्यवसायीको लबिङ



काठमाडौं । सरकारले पर्याप्त तयारी नगरी ‘भेइकल एण्ड कन्साइनमेन्ट ट्र्या्किङ सिस्टम’ लागू गर्न खोजेको भन्दै व्यवसायीले लबिङ तीब्र बनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर तत्काल कार्यान्वयन नगर्न आग्रह गर्ने भएका छन् ।

सरकारले ढुवानी व्यवसायलाई पनि मूल्य अभिवृद्धि कर (भ्याट) को दायरामा ल्याउँदै साउन १ गतेदेखि कर छली रोक्न ‘भेइकल एण्ड कन्साइनमेन्ट ट्र्या्किङ सिस्टम’ लागू गर्ने घोषणा गरेको थियो ।

अब व्यवसायीले राजस्व छल्न नसक्ने, सरकारले साउन १ देखि लागू गर्दैछ यस्तो प्रणाली

आइतबार ढुवानी व्यवसायीको टोली महासंघ पुगेर भ्याट कार्यान्वयन नगराउन सरकारलाई दबाब दिन आग्रह गरेका थिए । महासंघ नेतृत्वले सोमबार अर्थमन्त्रीलाई भेटेर ढुवानी व्यवसायीमा भ्याट नलगाउन दबाब दिने भएका छन् ।

ढुवानी व्यवसायीले साउन १ गतेबाट देशभर ढुवानीसमेत ठप्प पार्ने चेतावनी दिइसकेका छन् ।

‘आज दिउँसो अर्थमन्त्रीलाई भेटेर ढुवानी व्यवसायीको मागका बारेमा ध्यानाकर्षण गराउँदैछौं,’ महासंघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल