महालक्ष्मी विकास बैंकद्वारा स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं । महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले शनिबार ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको छ । शिविरमा करिब ३ सय जनाले निःशुल्क स्वास्थ्य जाँच गराएको बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको जनाएको छ ।

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।


क्लिकमान्डु