साउन २ गतेदेखि हिमालयन बैंकको ३ अर्ब बराबरको ऋणपत्र बिक्री हुँदै



काठमाडौं । हिमालयन बैंकले आगामी साउन २ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ ।

बैंकले लगानीयोग्य रकम जुटाउन प्रतिकित्ता १ हजार अंकित दरको ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले आज एक सूचना मार्फत उक्त जानकारी दिएको हो ।

ऋणपत्र बिक्री बन्द छिटोमा साउन ६ र ढिलोमा साउन ३१ गते सम्म तोकिएको छ ।

ऋणपत्र खरीद गर्न चाहनेले न्युनतम २५ देखि ३० लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । आगामी ७ वर्षपछि ऋणपत्रको रकम फिर्ता हुने बैंकले जनाएको छ ।

कुल निष्कासनको ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ सर्वसाधारण र १ अर्ब ८० करोड रुपैयाँ संस्थापक लगानीकर्तालाई छुट्टाइएको सूचनामा उल्लेख छ । ऋणपत्रको रकम बैंकले कर्जासापटी र तरलता व्यवस्थापनमा लगानी गर्ने जनाएको छ ।


पुष्प दुलाल