सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता आइपिओ बिक्री हुँदै
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन १ गतेदेखि साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।
संस्थाले आज एक सूचना मार्फत आगामी साउन १ गतेदेखि ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागिएको जनाएको छ ।
सेयर बिक्री बन्द छिटोमा आगामी साउन ५ गतेसम्म तोकिएको छ । सूचना अनुसार संस्थाका कर्मचारीलाई ८ हजार २५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५०० कित्ता सुरक्षति गरिएको छ ।
संस्थाको सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले रहेको छ ।
न्युनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन पाइने छ । संस्थाले आगामी ३ वर्षमा नाफा बढाएर १० करोड ३५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ ।