मर्जर चर्चा सिभिल बैंकको सेयर मूल्य बढ्दा प्रभुको घट्यो



काठमाडौं । साताको पहिलो दिनको सेयर कारोबारमा सिभिल बैंकको उपस्थिती निकै राम्रो देखिएको छ ।

कारोबार रकमको आधारमा पनि यो बैंक अग्रस्थानमा नै देखिएको छ ।

हुन त यति बेला बैंकहरुको मर्जरको विषय निकै नै चर्चामा रहेको छ । त्यसमा पनि सिभिल बैंकलाई दोस्रो र तेस्रो पुस्ताका बैंकहरुले मर्ज गर्ने चर्चा चलिरहेको छ । त्यसैले पनि सिभिल बैंकको सेयर कारोबारमा चकम देखिएको चर्चा सुरु भएको छ ।

आइतबारको कारोबारमा सिभिल बैंकको ५ करोड ७९ लाख ८० हजार ७४८ रुपैयाँको सेयर किनबेच भएको छ ।

आइतबार सिभिल बैंंकका लगानीकर्ताहरुले निकै कमाएका पनि छन । कारोबारमा नाफा आर्जन गर्ने १० कम्पनीमा सिभिल बैंक पनि रहेको छ । आइतबारको कारोबारमा सिभिल बैंकका लगानीकर्ताले प्रति कित्ता ६ रुपैयाँ कमाएका छन् । बैंकको सेयर मूल्य प्रति कित्ता ६ रुपैयाँले बढेर १५८ रुपैयाँ पुगेको छ । गत साता देखि नै सिभिल बैंंकको सेयर मूल्यमा निकै सुधार देखिएको छ ।

आइतबार प्रभु बैंकको भने सेयर मूल्य ५ रुपैयाँले घटेको छ । ५ रुपैयाँले घटेर प्रभुको सेयर मूल्य प्रतिकित्ता २६६ मा आएको छ ।


पुष्प दुलाल