मर्जरको हल्लाले बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कस्को मूल्य कति बढ्यो ?



काठमाडौं । वाणिज्य बैंकहरुले मर्जरको तयारी थालेपछि सेयर बजारमा सुधार देखिन थालेको छ ।

कुनै समयमा वाणिज्य बैंक भएपनि लगानीकर्ताले धेरै कमाउन नसकेको बैंकहरुको सेयर मूल्य अहिले क्रमैसँग बढन थालेको छ ।

वाणिज्य बैंकहरुमा पनि न्यून सेयर मूल्य भएका बैंकहरुमा सेन्चुरी, मेगा, प्रभु, सिभिल लगायत बैंक रहेका छन् ।
यस्तै सेन्चुरी बैंकको सेयर मूल्य मंगलबार प्रति कित्ता १० रुपैयाँ बढेर १७६ रुपैयाँ पुगेको थियो । बुधबार ४ रुपैयाँले बढेर १८० रुपैयाँ पुगेको छ ।
यता मेगा बैंकको पनि सेयर मूल्य मंगलबार प्रति कित्ता ९ रुपैयाँले बढेर २०७ रुपैयाँ पुगेको थियो भने बुधबार प्रति कित्ता ४ रुपैयाँले बढेर २११ रुपैयाँ पुगेको छ ।

प्रभु बैंकको पनि मंगलबार प्रति कित्ता ३ रुपैयाँले बढेर २६८ रुपैयाँ पुगेको छ भने बुधबार ३ रुपैयाँले बढेर २७१ रुपैयाँ प्रति कित्ता पुगेको छ । नेप्सेका अनुसार सिभिल बैंकको मंगलबार ३ रुपैयाँ बढेर १४८ रुपैयाँ पुगेको थियो सेयर बुधबार प्रति कित्ता ३ रुपैयाँले बढेर १५१ रुपैयाँ पुगेको छ ।


पुष्प दुलाल