हिमाल दोलखा हाइड्रो पावरको ७६ लाख कित्ता आइएपिओ बिक्री हुँदै



काठमाडौं । हिमाल दोलखा हाइड्रो पावर कम्पनीले यही असार २५ गतेदेखि कूल ७६ लाख ७२ हजार २१० कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गरी उक्त परिमाणको साधारण सेयर बिक्रीको तयारी भएको जानकारी दिएको हो ।

उक्त सेयरमा १ लाख ५३ हजार ४४४ कित्ता सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यस्तै २५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

कम्पनीको सेयर छिटोमा यही असार २९ गतेसम्म र ढिलोमा आगामी असार २४ गतेसम्म बिक्री हुनेछ । सेयर खरीद गर्न चाहनेले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले इलाम जिल्लामा ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत् आयोजना र ८ मेगावाट क्षमताको माई खोला क्यासकेड जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

त्यसमध्ये माई खोला साना जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ हजार ४३१ रहेको छ भने माई खोला क्यासकेड आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ८० लाख ८७ हजार ९८३ रहेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लाबेल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस्तै केयर नेपालले गरेको रेटिङमा कम्पनीको अवस्था औस्त भन्दा कम आधार भएको अर्थमा केयर एनपी आइपिओ ४ प्राप्त गरेको छ ।

कम्पनीको कूल चुक्ता पूँजी ८२ करोड रहेको छ । साधारण्ण सेयर बिक्री पश्चात् कम्पनीको कूल चुक्ता पूँजी १ अर्ब ६० करोड पुग्नेछ ।


पुष्प दुलाल