घोडीघोडा लघुवित्तको १ लाख ३२ हजार कित्ता आइपिओ आउँदै



काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले यही असार २० गतेदेखि १ लाख ३२ हजार ६०० कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । साधारण सेयर मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३८० कित्ता सेयर संस्थाका कर्मचारीलाई सुरक्षित गरिएको छ ।

यस्तै कूल निष्काशनको ५ प्रतिशत अर्थात् ६ हजार ६३० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ । संस्थाले कूल १ लाख २४ हजार ५९० कित्ता सेयर भने आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको जनाएको छ ।

सेयरमा दरखास्त दिनेले न्यूतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । निष्काशन बन्द हुने मिति छिटोमा यही असार २५ गते र ढिलामो आगामी साउन १९ गतेसम्म रहेको छ । सो संस्थाको केन्द्रीय कार्यालय कञ्चनपुरको बेलौरीमा रहेको छ ।


पुष्प दुलाल