कमोडिटिज मार्केटले धितोपत्र बोर्डलाई फेरि तनाब बनायो, २ वटा माग्दा ६ वटा आवेदन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसअघि ६ वटा कमोडिटिज कम्पनीले आवेदन दिँदा धेरै कम्पनी भए, यति धेरै कम्पनी नेपाली बजारमा आवश्यक नहुने भन्दै सबैको आवेदन रद्द गर्यो ।

आवेदन रद्द गरेर २ वटा कम्पनीलाई मात्र एक्सचेन्ज सञ्चालन गर्न अनुमति दिने भनेर खुलेको आवेदनमा ६ वटा कम्पनीले आवेदन दिएका छन् ।

‘आवेदन जतिसुकै परुन्, बोर्डको नीति भनेको २ वटालाई मात्रै लाइसेन्स दिने हो,’ गिरिले क्लिकमाण्डूसँग भने, ‘हामी आवेदकहरुमध्येबाट २ वटा छान्छौं ।’

५ वटा कम्पनीहुँदा ती कम्पनीमध्ये योग्यलाई एक्सचेन्ज सञ्चालनको लागि अनुमति नदिएको बोर्डले दोस्रो चरणमा खुला गरेको आवेदनमा ६ वटाले आवेदन दिएका छन् ।

कमोडिटी फ्युचर्स एक्सचेन्ज लिमिटेड (सीएफएक्स) र राइजल कमोडिटी एक्सचेन्ज लिमिटेड (आरसीडीएक्स)ले मंगलबार नै आवेदन दिएका थिए भने बुधबार नेशनल कमोडिजिट एण्ढ डेरिभेटिभ, मल्टि कमोडिटि एण्ड भेरिभेटिभ, नेपाल डेरिभेटिभ एक्सचेञज, नेपाल मर्कन्टायल एक्सचेञ्जले आवेदन दिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

बोर्डले यस अघि आवेदन दिएका ५ वटा कम्पनी अयोग्य भएको भन्दै उनीहरुको आवेदन खारेज गरेर २ वटा कम्पनीलाई मात्रै एक्सचेन्ज सञ्चालनका लागि अनुमति दिने भन्दै वैशाख ११ गते सूचना जारी गरेको थियो । उक्त सूचना अनुसार नयाँ कम्पनीहरुले आवेदन दिएका हुन ।

६ वटाको आवेदन परे पनि २ वटालाई मात्रै लाइसेन्स दिने बोर्डका कार्यकारी निर्देशक गिरिले जानकारी दिए ।

‘आवेदन जतिसुकै परुन्, बोर्डको नीति भनेको २ वटालाई मात्रै लाइसेन्स दिने हो,’ गिरिले क्लिकमाण्डूसँग भने, ‘हामी आवेदकहरुमध्येबाट २ वटा छान्छौं ।’

२ वटाको मात्रै आवेदन परोस् भन्ने उद्देश्यले पहिले ५ वटाको आवेदन रद्द गरेर फेरि आवेदन खुलाउँदा ६ वटाको परेपछि बोर्डलाई कस्लाई लाइसेन्स दिने कस्लाई नदिने भनेर तनाब भएको छ ।

बोर्डले अन्य मुलुकमा एक्सचेन्ज सञ्चालन गरिरहेको कम्पनीलाई रणनीति साझेदार गरी भित्र्याउने कम्पनीलाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ ।


पुष्प दुलाल