आव २०७६/७७ को बजेट बहुमतले पारित



काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०६/७७ का लागि प्रस्तुत बजेट बहुमतले पारित भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक पारित गर्न प्रस्ताव गरेका थिए ।

सरकारले गत जेठ १५ गते १३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमा चालूतर्फ ८ खर्ब पूँजीगततर्फ ३ खर्ब तथा वित्तीयतर्फ १ खर्ब बजेट विनियोजन गरिएको थियो ।


क्लिकमान्डु