मन्त्री पुनलाई प्रश्न- जनतासँग उठाएको २५ अर्ब रूपैयाँ कहाँ गयो ?




काठमाडौं । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले सरकारले उठाएको पैसा कहाँ गयो भनेर सांसदहरुले उर्जामन्त्री वर्षमान पुनलाई प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गत सार्वजिन लेखा समितिको बैठकमा सांसद तेजुलाल चौधरी, मैना भण्डारीले सरकारले उठाएको २५ अर्ब रुपैयाँ कहाँ गयो भनेर प्रश्न गरेका थिए ।

प्रश्नको जवाफ दिँदै मन्त्री पुनले ५ रुपैयाँका दर उपभोक्तासँग उठाइएको २५ अर्ब रुपैयाँ मुआब्जामा गएको बताएका थिए ।

सरकारले बुढीगण्डकी आयोजनाका लागि उक्त रकम उठाएको थियो ।

पुनका अनुसार उक्त क्षेत्रका ६४ हजार जनता विस्थापित हुने गोरखा क्षेत्रलाई मात्रै २५ अर्ब रुपैयाँ मुआब्जा दिएको बताए ।

हालसम्म ५ रुपैयाँका दरले ३० अर्ब रुपैयाँ संकलन भएको छ ।


क्लिकमान्डु