जब वडा कार्यालयबाटै कम्युटरसहित कागजपत्र र नगद चोरी भयो



राजविरज । राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ ।

चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए ।

चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव २ लाख रुपैयाँ मूल्य बराबरको सरसमान चोरेको उनले जानकारी दिए । चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


क्लिकमान्डु