यो साता नेप्सेमा ८१ लाख कित्ता सेयर थपिए, कसको कति ?



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा यो साता ३ कम्पनीको ८१ लाख ७१ हजार २५० कित्ता सेयर सूचिकृत भएका छन् ।

यूनियन हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था, र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर सूचिकृत भएका हुन् ।

यूनियन हाइड्रोको ७५ लाख कित्ता आईपीओ, स्वाभिमान लघुवित्तको ६ लाख १८ हजार ६१० कित्ता र नेपाल कम्युनिटीको ५२ हजार ६४० कित्ता बोनस सेयर सूचिकृत भएका हुन् ।


पुष्प दुलाल