सरकारले ४ देशका लागि राजदूत सिफारिस गर्यो
काठमाडौंं । सरकारले ४ देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चारमन्त्री गोकुल बास्कोटाले उक्त जानकारी दिए ।
सरकारले बंगलादेश, कतार, स्पेन र अष्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको हो । जसमध्ये बंगलादेशका लागि डां वंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावा फुटी शेर्पालाई राजदूतमा सिफारिस गरेको हो ।
बंगलादेशका लागि सिफारिस मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री हुन । त्यस्तै, कतारका लागि भारद्वाज यस अगाडि एमाले पार्टीका विदेश विभागका सदस्य थिए ।
अष्ट्रेलियाका लागि सिफारिस दाहाल नेपाल टेलिभिजनका अध्यक्ष भइसकेका छन् । भने स्पेनका लागि राजदूतमा सिफारिस शेर्पा सगरमाथा आरोही पासाङ ल्यामू शेर्पाकी छोरी हुन् ।