केन्द्रीय सरकारकाे देशभर झोलुङ्गे पुल बनाउने कार्यक्रम, कुन प्रदेशमा कति ?



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा देशभर नै झोलुङ्गे पुलको विस्तार गर्ने योजना अघि सारेको छ । सरकारले आगामी आवको बजेटमा प्रत्येक प्रदेशको अधिकांश पालिकाहरुमा झोलुङेपु बनाउने गरी बजेट विनियोजन गरेको छ ।

देशका अधिकांश जिल्लाका पालिकाहरुमा सडक सञ्जाल जोडिने क्रममा रहेको भएपनि सरकारले भने आगामी आवको लागि ल्याएको बजेटमा भने झोलुङेपुलाई नै प्राथमिकतामा राखेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षमा बिनियोजन बजेटमा झोलुङे पुलको लागि मात्रै ४ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । जसमा संघले २ अर्ब २७ करोड ३७ लाख, प्रदेशले ३० करोड ९० लाख र स्थानीय तहले १ अर्ब ८० करोड २६ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

झोलुङेपुल क्षेत्रगत कार्यक्रमको लागि बिनियोजन भएको बजेटमा चालु तर्फ २ अर्ब १३ करोड ५९ लाख तथा पुँजीगततर्फ २ अर्ब २४ करोड ९४ लाख बिनियोजन भएको छ ।

झोलुङेपुलको लागि प्रदेश सरकारले १ नम्बरलाई ४ करोड ७० लाख, २ नम्बरलाई ७ करोड ३० लाख, ३ नम्बरलाई १ करोड ५० लाख, गण्डकी प्रदेशलाई ३ करोड २० लाख, ५ नम्बर प्रदेशलाई ४ करोड ६० लाख, कर्णाली प्रदेशलाई ४ करोड ८० लाख र सुदुर पश्चिम प्रदेशलाई ४ करोड ८० लाख रुपैयाँ बिनियोजन भएको छ ।

यस्तै स्थानीय तहअन्तर्गत १ नम्बर प्रदेशलाई २५ करोड ६२ लाख, २ नम्बरलाई २७ करोड १९ लाख, ३ नम्बरलाई २६ करोड ८५ लाख, गण्डकी प्रदेशलाई २४ करोड २४ लाख, ५ नम्बर प्रदेशलाई २५ करोड ३२ लाख, कर्णाली प्रदेशलाई २६ करोड ३६ लाख र सुदुर पश्चिम प्रदेशलाई २५ करोड ६८ लाख रुपैयाँ बिनियोजन भएको छ ।


क्लिकमान्डु