काठमाडौंको धुलोमा ज्यानै लिने धातुको कण, प्रधानमन्त्री भन्छन्- मास्क लगाउनु पर्दैन



काठमाडौं । काठमाडौंलाई अल्कापुरी नगरीको रुपमा लिइन्थ्यो । धेरैले देवताको बासस्थान भएको स्थानको रुपमा पनि यसलाई मानिन्थ्यो । मन्दिरै मन्दिरको शहर धेरैका लागि चासो र आश्चर्य पनि लाग्थ्यो ।

सुन्दर शान्त, काठमाडौं शहरमा मानवीय अतिक्रमणका कारण पछिल्लो दिनमा प्रदुषित बन्दै गएको छ । वाग्मतिमा माछा खेल्थे, आजकल पानी पाउन मुस्किल छ । विष्णुमतिको पानी पिउन योग्य थियो, आजकल विष्णुमति कता होला भन्ने चिन्ता सबैलाई परेको छ ।

काठमाडौं शान्त, सुन्दर मनोहर दुवै थियो । तर मानव अतिक्रमणका कारण आजकल काठमाडौंको बसाई नर्क भन्दा फकर हुन छाडेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा केही समय पहिले मास्क नलाइकन हिडन सक्ने अवस्था आएको बताएका थिए ।

तर काठमाडौंको हावामा प्रधानमन्त्रीले भने जस्तो मास्क नलगाईन हिड्ने होइन मास्कले समेत नधान्ने मानव स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्ने धातुको कड समेत फेला परेको छ ।

पहिले पहिले काठमाडौं आउनु नै पुण्य कमाउनु भने जस्तो थियो । तर अहिले काठमाडौं आउनु रोगका लागि आमन्त्रण गर्नुजस्तै भएको छ । सरकारी निकायकै अध्ययन भन्छ- काठमाडौंको हावामा मानव स्वास्थ्यलाई हानी पुर्याउने खालको धातु पाइन्छ । त्यसले सिधै रगतमा प्रभाव पार्छ र क्यान्सर जस्ता खतरनाक रोग समेत लगाउँछ ।

तर प्रधानमन्त्रीले भने मास्क नलगाईकन हिड्न सकिने अवस्था पैदा भएको भन्दै जनप्रतिनिधि संस्थालाई नै गलत जानकारी दिएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका अनुसार काठमाडौंको चक्रपथ क्षेत्रमा सबैभन्दा बढी वायु प्रदुषण हुने गरेको पाइएको छ । यस्तै सवारी साधन जाममा पर्दा पनि सबैभन्दा बढी प्रदुषण हुने गरेको छ ।

चक्रपथ क्षेत्रमा अनावश्यक रुपमा भत्काइएका संरचनाको पुनः निर्माणमा ध्यान नदिइएको तथा, सवारी साधनले फाल्ने धुवाका कारण पनि बढी प्रदुषण हुने गरेको छ ।

अनौपचारिक अध्ययन अनुसार श्वास प्रश्वास तथा वायु प्रदुषणका कारण वर्षेनी ३७ हजारले अकालमा ज्यान गुमाइरहेका छन् । तर वायु प्रदुषण नियन्त्रणका लागि लाग्नुपर्ने सरकारी निकाय कानमा तेल हालेर बसेको छ ।

नाष्टको अध्ययन अनुसार काठमाडौंको चक्रपथको हावामा फलाम, सिसा, तामा, जिंक जस्ता घातक धातुका कणको मात्रा उच्च रहेको छ । तपायृ हाम्रो टाउकोमा हुने कपालको रौ भन्दा पनि असाध्यै साना अर्थात, ३ गुणा भन्दा साना कण हावामा मिसिएको छ ।

त्यस्ता साना कण हामीले श्वास फेर्दा सिधै फोक्सोमा पुग्ने, त्यसले रक्तप्रणाली, श्वासप्रश्वास प्रणाली तथा शरिरहका अन्य भागलाई समेत प्रभाव पार्ने देखिउको छ ।

घातक धातुका कणका कारण मानव स्वास्थ्यलाई गम्भीर असर पारेपनि वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले कुनै पनि ठोस कदम चाल्न सकेको छैन ।

२० वर्ष पूराना सवारी साधन काठमाडौंबाट हटाउने निर्णय समेत कार्यान्वयन हुन सकेको छैन । यस्तै काठमाडौं उपत्यका भित्रका इट्टा भट्टाका कारण पनि वायु प्रदुषणको मात्रा बढी रहेको छ ।

काठमाडौं उपत्यकामा पानी परेको दिन बाहेक अन्य दिनमा धुलोको मात्रा न्यूतम भन्दा बढी रहेको छ । त्यो भनेको पिएम टु प्वाइन्ट फाइभको तह मापदण्डभन्दा ४ गुनासम्म बढी हो ।

सरकारी निकायकै अध्ययनलाई मान्ने हो भने चक्रपथमा हिड्ने जो सुकै सर्वसाधारण पनि दैनिक नै रोगी बनीरहेका छन् । चुरोट पिउनु भन्दा १० गुणा बढी हानीकारक धुलो र कण हामीले श्वास फेर्दा लिइरहेका छन् । यस्तो प्रदुषणको मात्रा सबैभन्दा बढी हुने गरेको छ ।

धुलो नियन्त्रणका लागि जिम्मा लिएका भनिएका सरकारी निकाय कार्यक्षेत्र नभएको, बजेट नभएको, प्राविधिक जनशक्ति उपलब्ध नभएको जस्ता तर्क गरेर सरकारी काम कहिले जाला घाम भन्ने मानसिकतामा रहेका छन् ।


क्लिकमान्डु