चार वर्षअघि चार जना साथी मिलेर सुरु गरे स्टार्ट अप, एक झट्का मै जुटाए १ अर्ब

क्लिकमान्डु २०७६ जेठ २३ गते १३:५४ मा प्रकाशित

व्यवसायमा लाग्न चाहने उत्कट चाहना हुने कैयन युवाका लागि स्टार्ट अप बिजनेश निकै आकर्षक विकल्प हो ।

परम्परागत व्यवसायको पद्धतिलाई केही पर धकेलेर नयाँ सोच र लक्ष्यका साथ व्यवसाय गर्ने हो र त्यसमा इमान्दारिता र लगन मिसाइदिने हो भने जो कोही पनि सफल हुन्छन भन्ने उदाहरणीय पात्रको सूची लामो छ ।

यस्तै स्टार्ट अप व्यवसायबाट चम्किएका युवाहरु हुन भारतका ४ जना युवाहरु अनन्त गोयल, आशीष गोयल, अनुराग जैन र यतिश तालवडिया ।

सन् २०१५ मा सुरु गरेको कम्पनी मिल्कबास्केट सुरु गरेका थिए । किराना सामान घर–घरमा पुर्याउने उद्देश्यसहित सुरु गरेको कम्पनीले गत मंगलबार एक झट्का मै १ अर्ब रूपैयाँ फन्डिङ जुटाइदिए ।

कम्पनीका यी चार जना युवालाई विश्वास गर्दै युनिलिभर बेञ्चर्सको अग्रसरतामा मेफिल्ड इन्डिया, कालारी क्यापिटल, ब्लुम भेञ्चर्स र केही भारतीय परिवारहरुले लगानी गरेका छन् ।

इन्भेस्टमेन्ट प्लान्सको सम्बन्धमा कम्पनीका सिइओ अनन्त गोयल बजारमा यस्तै मोडल फलो गरी आएका अन्य कम्पनी भए पनि आफूहरुले यति ठूलो लगानी हासिल गर्नुलाई आफ्नो उपलब्धी मान्छन् । ‘यो हाम्रो कम्पनीको सफलताको प्रमाण हो’, उनले भने ।

चार वर्ष पहिले ४ जना साथीहरु मिलेर सुरु गरेको यस कम्पनीले सहजै यो सफलता पाएको होइन । सुरुवाती दिनमा अनेकानेक कठीनाइ बेहोरेका यी चार जना साथीहरुले यस अगाडि २ वटा कम्पनीबाट असफलताको नमीठो स्वाद चाखिसकेका थिए ।

तर नयाँ पद्धति र सोचका साथ व्यवसाय गर्ने उत्कट चाहनाले उनीहरुले आजको यो सफलतातर्फ डोहोर्याउँदै लगेको हो ।

उनीहरुले सुरुमा दैनिक रुपमा हरेक घर–घरमा दुध पुर्याएर व्यवसायको सुरुवात गरेका थिए । पछि उनीहरुले दुधसँगै ग्रोसरीका सामानहरु पनि पुर्याउन थाले । आज कम्पनीले हरेक दिन १ लाखभन्दा बढी घरमा यो सेवा पुर्याइरहेको छ ।

अहिले कम्पनीले ८ हजार ५०० भन्दा बढी सामान पुर्याउँदै आएको छ जसको आम्दानीका हिसाबले हेर्दा दुधबाट ३० र अन्य सामानबाट ७० प्रतिशत आम्दानी गरिरहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स