अर्थसमितिका सभापति दाहालले भने- बजेटले विकासको सम्भावना बोकेर ल्याएको छ



काठमाडौं । अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले आगामी आवको बजेटले विकासको आशाको सञ्चार पलाएको तर्क गरेका छन् । बजेटले हिमाल, पहाड र तराईको विकासको सम्भावनालाई बोकेर आएको उनले दाबी गरे ।

सांसद दाहालले यसअघि उदारिकणको नाममा देशका उद्योग बन्द उपभोक्तावादमा मुलुकलाई चुर्लुम्म डुबाउने काम भएको भन्दै त्यो अवस्थामा उद्योग धन्दा नफस्टाएको र देशको उत्पादन घटेर आयात बढी हुने गरेको तर्क गरे ।

उनले अहिले मात्र व्यापार घाटा नभएको भन्दै व्यापार घाटाको परम्परालाई तोडदै जानुपर्ने तर्क गरे । ठेक्का दिनु अघि उसको क्षमतामा पनि ध्यान दिनुपर्ने सुझाव दिए । विगत तीन चार वर्षदेखि नै आएको बजेट राम्रो भएपनि कार्यान्वयनमा चुनौती हुने गरेको बताए ।

नेपालमा आयोजना बैंकको क्षमतामा अभाव रहेको बताए । अहिले पनि ठूला मान्छेतर्फ आयोजना ढल्कने गरेको भन्दै अब आयोजना बैंकको क्षमता बढाउन तर्फ लाग्नुपर्ने सुझाव दिए ।

आगामी दिनमा ठेकेदारलाई पनि जिम्मेवार बनाउने र अनुगमनलाई प्रभावकारी बनाउ आग्रह गरे ।

उनले यही आव भित्रमा नै बजेट कार्यान्वयन निर्देशिका लगायतका काम, तथा साउन १ गतेदेखि नै लागु हुने गरी कार्यायोजना बनाउन आवश्यक रहेको धारणा राखे ।

उनले हरेक दिन, हप्ता, मासिक रुपमा कार्यसम्पादन फर्म भर्ने व्यवस्था गर्न समेत आग्रह गरेका छन । आगामी दिनमा एउटा आयोजनाले बाटो बनाउने, अर्कोले फेरी खन्दै जाने खालको काम गर्न नहुने सु्झाव दिए ।

सरकारले निर्यातमा ध्यान दिने भनेपनि कुन वस्तुलाई निर्यात गर्ने हो भन्ने पहिला नै प्रस्ट पार्न सुझाव दिए ।

विकास आयोजनामा मुद्धा पर्ने गेरेको भन्दै सकेसम्म विकास आयोजनाका मुद्दा भने समयमा नै न्याय निरुपण गर्ने व्यवस्था चाँडो गर्न आग्रह गरेका छन् ।


क्लिकमान्डु