बजेटको बचाउ गर्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने- कसरी भयो प्रचारमूखी, कहाँ छरियो ?

क्लिकमान्डु २०७६ जेठ २१ गते १२:४८ मा प्रकाशित

काठमाडौ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आवको लागि ल्याएको बजेटले सही मार्गदर्शन दिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पाण्डेले नेपाली जनताको अपेक्षा अनुसार नै बजेट आएको दाबी गरे ।

बजेटको एक ठाउँमा घटाएर राख्ने पैसा जोडिएर राखिएले अंकमा केही समस्या देखिएको बताए ।

यस वर्षको ८ खर्ब ६० अर्ब रुपैयाँ राजश्व उठछ भन्ने संशोधित अनुमानमा प्रदेश र स्थानीय तहमा जाने रकम घटाउनु पर्नेमा ७ खर्ब ७७ अर्ब केन्द्रीय राजस्वमा आउँछ भन्ने कुरालाई जोडिएर राख्दा ९ खर्ब ६२ अर्ब भएको उनको भनाई छ । यो सामान्य त्रुटी भएको र यसलाई सुधार्न सकिने उनले बताए ।

राजश्व संकलन ८ खर्ब ६० अर्ब रुपैयाँलाई अर्को वर्ष ३० प्रतिशतले बढ्ने अनुमान पुरा हुने बताए । उनले केही राजस्वको दरहरु बढाएकोले त्यसबाट परिपुर्ती हुने उनको तर्कछ ।

आगामी वर्षको लागि तरकारी, चामल आयातमा २.५ प्रतिशत लिने, चकलेट, जुसमा ४० प्रतिशत भन्सार कर लगाइएको छ ।

‘पूर्वाधार करबाट २ अर्ब रुपैयाँ आउने र निर्माण व्यवसायीले सुरुमा नै साढे ६ प्रतिशत तिर्नुपर्ने व्यवस्था गरेकोले झण्डै ५ प्रतिशत राजस्व वृद्धिलाई सघाउने छ,’ उनले भने ।

२३ प्रतिशत सामान्य वृद्धि र ५ प्रतिशत दर रेटमा गरेका परिवर्तनहरुसहित २८/२९ प्रतिशत राजश्व वृद्धि हुने सम्भावना रहेको पाण्डेले बताए। राजस्वकाको लक्ष्य पुरा हुने उनको तर्क छ ।

बजेटले आन्तरिक ऋणको १९५ अर्ब लिन्छु भनेको र यसवर्ष १७२ अर्ब लिने लक्ष्य राखेको मध्ये भर्खरै ८६ अर्ब लिने भनेर राष्ट्र बैंकले ऋणपत्र जारी गरेको र सबै ऋणपत्र इस्यु नभएको भन्दै अर्को वर्ष १९५ अर्ब आवश्यक नरहने सम्भावना रहेको उनको भनाई छ ।

यसले बजारमा तलरताको संकट नहुने उनको तर्क छ । सरकारले अघिल्लो आवमा स्थानीय तहलाई सुरुमा नै बजेट दिएको कारण पछि केन्द्रलाई पैसा नपुगेर पछि ओभर ड्राफ्ट कर्जा लिने अवस्थामा रहेको उनले बताए ।

तर चालु आवको त्यो झन्झटबाट मुक्त हुन अर्थ मन्त्रालयले साउन २५ गते पहिलो किस्ता, कात्तिक २ मा दोस्रो र तेस्रो माघ २ तथा चौथो किस्ता जेठ २ गते निकासा गरेकाले अर्को वर्प पनि यसै गर्ने हो भने तल जाने पैसामा कुनै समस्या नहुने उनको बुझाई छ । यसले बैंकमा तरलता अभाव नहुने पाण्डेले बताए ।

स्थानीय तहमा गएको पैसा बैंकमा राख्न पाउने व्यवस्था भएकाले तरलताको अभाव नहुने उनको भनाई छ । अहिले जलविद्युत कम्नपीहले भ्याटमा छुट पाउन व्यवस्था रहेको छ । त्यो छुटले आन्तरिक भ्याटका केही गिरावट आउने सम्भावना रहेको पाण्डेको भनाई छ ।

विजुलीलाई ५ वर्ष ट्याक्स नलिने भनेकोले इनकन ट्याक्स कम हुने सम्भावना रहेको पाण्डेले बताए । ५ वर्षपछि ट्याक्स बढने भएपनि अहिले बाट नै ध्यान दिने हो भने आउनसक्ने समस्यालाई समाधान गर्न सक्ने अवस्था आउने उनले बताए ।

सिमेन्ट उद्योगलाई उत्पादन नभएसम्मको लागि ट्याक्स छुट दिन्दा ट्याक्स कम उठ्ने भनेको छ ।

‘अहिले हामी सिमेन्टमा आत्मनिर्भर भइरहेका छौं, जस्तामा पनि आत्मनिर्भर रहेका छौं भने रडमा पनि त्यो सम्भावना रहेको छ,’ उनले भने ।

भारतमा ५ प्रतिशत मूल्यवृद्धि हुने भनेकोले हाम्रो त्यसको असर कम हुने र हाम्रोमा ६ प्रतिशत भन्दा बढी नहुने उनले बताए । उनले आगामी आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धिमा चिन्ता लिनुपर्ने बताए ।

उनले स्थानीय तहमा कर्मचारीको समस्या समाधान हुँदै गएकोले आगामी आवमा स्थानीय तहमा विकास अर्च बढने बताए ।

तलबले ३० अर्ब लोड बढने उनको भनाई छ । बजेटले अघि सारेको सारेको लक्ष्य पुरा धुने धारणा राखे अहिले केहीले वृद्धभत्ता सामाजिक सुरक्षा भत्ता, बीमा झन्डै १ अर्ब गएको छ त्यो पैसा दिर्घकालीन समस्या पर्छ कि भन्ने प्रश्न प्रतिपक्षीले उठाएको बताए ।

वृद्ध भत्ता रकम ३ हजार पनि बजारमा चलायमान हुने उनको भनाई छ । त्यो पैसा एकै ठाँउनमा नबस्ने र चलायमान हुने हुँदा उक्त रकममा चिन्ता कसैले पनि लिन नपर्ने पाण्डेको तर्क छ ।

भविष्यमा यस्तो रकम बढ्दै जाने आम्दानी नबढ्ने हो भने समस्या हुने उनको बुझाई छ ।

‘हाम्रो आम्दानी बढनुपर्छ, हामीले सामाजिक सुरक्षा करमा १/२ प्रतिशत राख्ने हो भने भविष्ययमा कुनै समस्या पार्दैन’ उनले भने ‘बजेट प्रचारमुखी हैन, छरिएको पनि हैन ।’

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स