ललितपुरका १५५ व्यापारीले कर तिरेनन्, राजश्वले दियो यस्तो चेतावनी



काठमाडौँं । सरकारले आगामी आर्थिक वर्षका लागि ९ अर्ब ८१ करोड बराबरको राजश्व उठाउने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको लक्ष्य भेट्टाउन सरकारलाई असाध्यै गाह्रो भएको छ ।

लक्ष्य फेला पार्न नसकेको भएपनि २१ प्रतिशत बढी राजश्व भने उठेको छ । चालु आवका लागि ८ खर्ब ३१ करोड बराबरको राजश्व उठाउने लक्ष्य राखेको थियो ।

राजश्वको लक्ष्य फेला पार्न नसकेपछि सरकारले मूल्य अभिवृउद्धिकर, आयकर तथा अन्य कर उठाउन ताकेता गर्दै आएको छ । आगामी आर्थिक वर्षको बजेट आउनु भन्दा केही दिन अगाडिसम्म लगाताररुपमा दैनिक पत्रपत्रिकामा विज्ञापन प्रकाशित गर्दै कर तिर्न आउन आग्रह गरेको सरकारले पछिल्ला दिनमा समेत त्यसलाई निरन्तरता दिएको छ ।

राजश्वको लक्ष्य भेट्टाउन जे जे गर्नुपर्छ सोही गर्न तयार देखिएको सरकारले पुनः पत्रपत्रिकामा सूचना प्रकाशित गरी कर तिर्न आउन व्यापारी ताथ व्यवसायीलाई आग्रह गरिरहेको छ ।

यसअघि प्रकाशन गरिएका सूचनामा उल्लेख भएका व्यापारी तथा व्यवसायीलाई समेत तोकिएको समय भन्दा पछि पनि कर तिर्न ताकेता गरिरहेको छ ।

सामािजक सुरक्षा भक्तालगायतका विषयमा बजेटको मात्रा बढेको तथा सांसदलाई स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममा ६ करोडको दरले बजेट उपलब्ध गराउने भएपनि दबावमा परेको सरकारले कर उठाउन सबै प्रकारको उपाय अवलम्बन गरेको हो ।

सोही क्रममा सोमबार पनि आन्तरिक राजश्व कार्यालय ललितपुर लगनखेलले एक सूचना प्रकाशित गरी कूल १५५ व्यवसायीलाई १५ दिनभित्र कर तिर्न आउन भनेको छ । सो समयभित्र कर तिर्न नआउने व्यवसायीलाई बाँकी बक्यौता अनुसार कर असुल गरिने आन्तरिक राजश्व कार्यालयको सूचनामा उल्लेख छ ।

ती व्यवसायीले आयकर र मूल्य अभिवृद्धि कर समेत नतिरेको सूचनामा उल्लेख छ । पटक पटक कर बुझाउन आग्रह गर्दा समेत अटेर गरेका व्यवसायीलाई तोकिएको समय भित्रै कर तिर्न आउन भनिएको हो ।

सो अवधिमा कर तिर्न नआएको खखण्डमा व्यवसायिक कारोवार रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने र घरजग्गा तथा चलअचल अन्य सम्पत्ति रोक्का गरी जसरी भएपनि कर उठाउने योजनामा सरकार रहेको छ ।

तोकिएको समयभित्र कर तिर्न नआए कानूनले दिउका सबै उपाय अवलम्बन गरेर भएपनि कर उठाइने आन्तरिक राजश्व कार्यालयको सूचनामा उल्लेख छ । सो कार्यालयका अनुसार विशेषगरी ठेकेदार कम्पनी तथा अन्य व्यवसायिक फर्मले कर नतिरेको पाइएको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु