सकारो फर्मन्टेड बेभरेजको ‘नेसी’ वाइन वजारमा



काठमाडौं । सकारो फर्मन्टेड बेभरेज प्रालिले ‘नेसी’ ब्राण्डको वाइन वजारमा ल्याएको छ । कम्पनीले काठमाडौको धुम्बराहीमा एक कार्यक्रम गरी आफ्ना उत्पादनहरु सार्वजनिक गरेको छ ।

कम्पनीका सञ्चालक हरि दाहालका अनुसार नेपाली वाइन उपभोक्ताको स्वाद र रुचिमा अध्ययन गरी उत्पादन सुरु गरिएको हो । नेसी ब्राण्डका वाइनहरु उपभोक्ताले अत्यधिक रुचाउनेमा विश्वास समेत व्यक्त गरे ।

दाहालले कार्यक्रममा मन्तव्य दिँदै उपभोक्ताबीच वाइन सहजरुपमा उपलब्ध गराउन कम्पनीका बिक्री वितरकप्रति उत्पेरणा र हौसला प्रदान गर्नुभयो ।

हाल कम्पनीले Nesy 750 ml red , Nesy 750ml white, Nesy 750ml  सिस्नुको र चार लिटरको बक्समा उपलब्ध गराएको छ ।


क्लिकमान्डु