७९.७९ प्रतिशत बोनस सेयरपछि देखियो प्रिमियर इन्स्योरेन्समा यस्तो आकर्षण



काठमाडौं । ७९.७९ प्रतिशत बोनस सेयर घोषणापछि प्रिमियर इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण देखिएको छ ।

बीमा समितिको स्वीकृतिपछि कम्पनीले बोनस सेयर दिन लागेको हो । शुक्रबार कम्पनीले बोनस सेयर घोषणा गरेको थियो । आइतबार सेयर बजार खुल्नासाथ सबैभन्दा बढी चाप प्रिमियर इन्स्योरेन्समा परेको छ ।

अहिलेसम्म कम्पनीको सेयर मूल्य १० रुपैयाँले बढेको छ । मार्केट डेप्थ अनुसार १३ हजार ३८८ कित्ता सेयर खरिदका लागि अर्डरमा छ । बिक्रीका लागि ११ हजार ३५४ कित्ता सेयर अर्डरमा रहेको छ ।

अहिलेसम्मको कारोबारले सेयर मूल्य प्रतिकित्ता १२ सय पुगेको छ ।


क्लिकमान्डु