केबलकार कम्पनीले आयकर छुट सिमा दोब्बरले घट्यो, अब २० प्रतिशतमात्र आयकरमा छुट पाउने



काठमाडौं । केबलकार कम्पनीले पाउने आयकरको छुट सिमा घटेको छ । बजेटसँगै अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको आर्थिक विधेयकमा केवलकार कम्पनीले पाउदै आएको आयकरको छुट सिमालाई घटाएका हुन् ।

अबदेखि केवलकार कम्पनीले आयकरमा २० प्रतिशतमात्र कर छुट पाउने भएका छन् । यसअघि केवलकार कम्पनीले आयकरमा ४० प्रतिशत छुट पाएका थिए ।

केवलकार कम्पनीको संख्या व्यवसायिक प्रयोजनकालागि बढ्दै गएपछि सरकारले आयकरमा पाउने छुट रकमलाई घटाएको हो ।


क्लिकमान्डु