कुनैबेला स्टोरमा सेल्स गर्ल रहेकी निर्मला सीतारमण यसरी बनिन् भारतको अर्थमन्त्री



विश्वका अधिकांश सफल मानिसहरु सामान्य पृष्ठभूमि उठेर उचााइ छोएका धेरै उदारहण छन् । आफ्नो क्षमता, सोच र विचारले खारिएर इमान्दारिता र अनुशासनको बलियो जगमा उभिएर सफलता हासिल गर्ने धेरै मानिसका कथा हामीले पढेकै हौं ।

विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस हुन वा विश्वविद्यालय ड्रपआउट विल गेट्स र मार्क जुकरवर्ग नै किन नहुन । वा राजनीतिक क्षेत्रमा विश्वमा प्रजातन्त्रका लागि लड्ने दक्षिण अफ्रिकाका राष्ट्रपति बनेका नेलसन मण्डलना नै लिन सकिन्छ । छिमेकी मुलुक भारतमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको जीवनयात्रा पनि कम रोचक छैन् ।

सामान्य परिवारमा जन्मिएर रेलवे स्टेशनमा चिया बेच्दै गरेको बालक ६३ वर्षको उमेरमा विश्वमान चित्रमा लोकतन्त्रको ठूलोमध्येको देश भनिने भारतको प्रधानमन्त्री बन्छन भने त्यसका पछाडि कैयन असफलता र सफलताका धेरै कथाहरु जोडिएका छन् । यही असम्भव जस्तो लाग्ने तर वास्तविक जीवनमा भइसकेको अनुपम सफलतालाई सम्बोधन गर्नका लागि भारतमा एउटा भनाइ छ, ‘कुछ भि हो सक्ता है’ ।

यही ‘कुछ भि हो सकता है’ भनाइलाई पुष्टि गर्ने गरी सफलता हात पारेकी एक पात्र हुन निर्मला सीतारमण । सामान्य परिवारमा जन्मिएर पनि मुलुकको नेतृत्व गर्ने हैसियत बनाएका मोदीले आफ्नो दोस्रो कार्यकालमा वित्त मन्त्रालयको जिम्मेवारी आफू जस्तै सामान्य परिवारबाट आएकी निर्मला सीतारमणलाई सुम्पिएका छन् ।

सीतारमण पनि कुनै राजनीतिक परिवारबाट आएकी होइनन् । रेल्वेका जागिरे बुवासँग भारतका विभिन्न ठाउँमा बाल्यकाल बिताएकी उनी सुरुमा जागिरका रुपमा सेल्स गर्लको काम गर्थिन् ।

४९ वर्षको उमेरमा भारतीय जनता पार्टीमा आबद्ध भएकी उनले ११ वर्षको अवधिमा यहाँसम्म कसरी पुगिन भन्नेका लागि त्यसका पछाडि उनले गरेको संघर्ष र मिहेनत हेरे पुग्छ ।

तमिलनाडूमा जन्म, बुबा रेल्वेका जागिरे

निर्मलाको जन्म तमिलनाडूको एक सामान्य परिवारमा सन् १९५९ अगस्ट १८ तारिखमा भएको थियो । बुबा रेलवेमा जागिरे थिए, बुबाको विभिन्न ठाउँमा सुरुवा भइरहँदा उनको बाल्यकाल पनि तमिलनाडूका विभिन्न ठाउँमा वित्यो ।

जेएनयूमा पढिन्

निर्मलाले आफ्नो सुरुवाती पढाइ तमिलनाडूको तिरुचिरापल्लीबाट पूरा गरेपछि उनले अर्थशास्त्रमा स्नातक गरेकी थिइन । त्यसपछि स्नातकोत्तर तहका लागि जवाहरलाल नेहरु विश्वविद्यालयमा आइन् । त्यसपछि उनले इन्डो–यूरोपियन टे«डमा आफ्नो पीएचडीको रिसर्च गरिन् ।

लन्डनमा थिइन् सेल्स गर्ल

पढाइका अवधिमा उनले धेरै ठाउँमा काम पनि गरिन् । पतिसँगै लन्डन पुगेकी उनले त्यहाँ घरको सजावटको सामान बिक्री गर्ने पसलमा सेल्स गर्लका रुपमा काम गरिन् । पछि लन्डन मै उनी कृषि इन्जिनियर्स एसोसिएसनसँग पनि जोडिइन् । यसका साथै उनले लन्डनमा प्राइम बाटरहाउस नामक कम्पनीमा सिनियर म्यानेजरका रुपमा पनि काम गरिन् । केही समय बीबीसीमा समेत काम गरिसकेपछि उनी भारत फर्केकी थिइन । भारतमा आइसकेपछि उनी हैदराबादमा सेन्टर फर पब्लिक पोलिसीमा डेपुटी डाइरेक्टरका रुपमा काम गरिन् ।

बिजेपीमा आबद्ध

सन् २००८ मा उनी भारतीय जनता पार्टी (बिजेपी)मा जोडिइन् । र २ वर्षसम्म प्रवक्ताको जिम्मेवारी निर्वाह गरिन् । सन् २०१४ मे २६ मा आइपुग्दा मोदी सरकारले उनलाई राज्यमन्त्री बनाएको थियो । त्यसपछि सन् २०१७ डिसेम्बर ३ मा क्याबिनेट परिवर्तन भयो र उनलाई रक्षामन्त्री बनाइयो । उनी रक्षामन्त्री हुने महिलामा इन्दिरा गान्धीपछि दोस्रो महिला हुन् ।

उनको विवाह डा. प्रभाकरसँग भएको थियो । जेएनयूमा पढाइका क्रममा निर्मला र डा. परकाला प्रभाकरसँग भएको थियो । दुबैसँगै पढ्थे । पछि दुबै जनाले विवाह गरे । विभिन्न ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु