राष्ट्रपतिको तलब १ लाख ७७ हजार पुग्यो, प्रधानमन्त्री मन्त्री र सांसद् यस्तो छ



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट मार्फत सरकारी कर्मचारीको तलब बढाएसँगै राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्रीको समेत तलब बढेको छ ।

साउन बाट लागु हुने बढेको तलब स्केल अनुसार राष्ट्रपतिले तलब वापत १ लाख ७७ हजार ५३१ रुपैयाँ बुझ्ने छन् । यस्तै उपराष्ट्रपतिको तलब १ लाख २७ हजार ४७५ पुगेको छ ।

इन्फ्रोग्राफिक्स स्रोतः फ्याक्ट नेपाल

प्रधानमन्त्रीको तलब ९१ हजार १९० पुगेको छ । उपप्रधानमन्त्रीको तलब ७६ हजार ९३६,मन्त्रीको ७१ हजार ९४५ पुगेको छ । सांसद्को तलब ६५ हजार १७२ पुगेको छ ।


क्लिकमान्डु