उद्योगले क्षमता बढाएको कारण राजस्व लक्ष्य पुगेन : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले यो वर्ष उद्योग तथा व्यवसायीले क्षमता बढाएको कारण राजस्व लक्ष्य नपुगेको बताएका छन् । यो वर्ष ८ खर्ब ३१ अर्ब रुपैयाँ लक्ष्य राखिएको थियो । तर,यो लक्ष्य पुरा नहुँने स्वयम अर्थमन्त्रीले नै भनेका छन् ।

अर्थमन्त्री खतिवडाले बजेटपछि आयोजना भएको पत्रकार सम्मेलनमा यो वर्षको लागि लिएको ९ खर्ब ८१ अर्ब रुपैयाँको लक्ष्य पुरा हुने बताए ।

‘यो वर्ष व्यवसाय विस्तार भएको कारण क्रेडिट रकमको कारण लक्ष्य अनुसार राजस्व उठेन,आगामी वर्ष यो वर्ष नउठेको राजस्व उठ्ने हुँदा लक्ष्य पुरा हुने छ,’अर्थमन्त्री खतिवडाले भने ।

राजस्व लक्ष्य पुरा हुन नसक्नुमा गैर करपनि कारण रहेको अर्थमन्त्रीले बताए । उनले सरकारले अत्याधिक आयात हुने वस्तुलाई निरुत्साहित गरेको कारण समेत राजस्व लक्ष्य पुरा नभएको भन्दै गाडी लगायतका बिलासिताका वस्तुको आयातमा कडाई गरिएको बताए ।


क्लिकमान्डु