अब प्यान बिना तलब दिन नपाइने, दिएमा खर्चमा कटौती नहुने



काठमाडौं । सरकारले ल्याएको बजेटमार्फत तलबमा लेखिने खर्चमा कडाइ गरेको छ ।

बजेटसँगै अर्थमन्त्रीले ल्याएको आर्थिक विधेयकमा आयकर प्रयोजनका लागि प्यान नभएका कर्मचारीलाई दिएको तलब मान्य नहुँने उल्लेख गरेको छ ।

‘स्थायी लेखा नम्बर नभएका कर्मचारी तथा कामदारलाई दिएको पारिश्रमिक खर्चमा देखाउन पाइने छैन,’आर्थिक विधेयकमा भनिएको छ ।

यस्तै कम्पनीहरुले खरिद गर्ने गरेको स्थायी लेखा नम्बर नभएको १ हजार रुपैयाँभन्दा बढीको बिल समेत खर्चमा देखाउन पाइने छैन । यस्ता खाले बिलहरु कम्पनी खुद नाफाबाट मात्र कटाउन पाउने छन् । यो व्यवस्था आगामी साउन १ देखि लागू हुनेछ ।


क्लिकमान्डु