मोनोरेल र मेट्रो रेलका लागि ७ अर्ब ७० करोड विनियोजन
काठमाडौं । सरकारले मोनोरेल र मेट्रोरेल बनाउनका लागि ७ अर्ब ७० करोड विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षका लागि बनाइएको बजेटमा यस्तो व्यवस्था गरेको अर्थमन्त्री युवराज खतिवडाले बताएका हुन ।
ओली सरकारको प्राथामिकतामा परेको मोनोरेल र मेट्रोरेलका सेवा विस्तारका लागि सरकारले बजेट विनियोजन गरेको हो ।