चार वर्षपछि आजदेखि खुल्यो तातोपानी नाका



काठमाडौँ । भूकम्पका कारण बन्द भएको चीन जोडने रणनीतिक महत्वको तातोपानी नाका केही बेर अघिदेखि खुल्ला भएको छ । नाका खुलाउनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, सिन्धाुपाल्चोकका प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, भन्सार विभाग, अध्यागमन विभागका पदाधिकारी तातोपानी पुगेका छन् ।

यस्तै चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख, भन्सार हेर्ने विभागका पदाधिकारी र चीनका लागि नेपाली राजदूत हेऊ यान्छीलगायतका अधिकारी समेत तातोपानी पुगेका छन् । राजदूत यान्छी त मंगलबारदेखि नै तातोपानीमा नै रहेकी छिन् ।

वार्षिक २० अर्बको आयात र ३ अर्ब रुपैयाँ बराबरको निर्यात हुने सो नाका भूकम्प अगाडि असाध्यै व्यस्त नाकाको रुपमा परिचित थियो । सरकारको लामो प्रयास पछि नाका खुलेको हो । तर भारतले नाकाबन्दी गरेको समयमा एकमात्र नाका बन्द गरेर चीनले नेपालीमाथिको संवेदना माथि ख्याल नगरेको भन्दै चीनको आलोचना समेत भएको थियो । जे जस्तो भएपनि आजदेखि औपचारिक रुपमा नाका खुलेको छ ।

तर तत्कालका लागि भने सामान आयात र निर्यातका लागि मात्रै नाका सञ्चालनमा ल्याइएको हो । व्यापारिक रुपमा तातोपानी नाका राम्रो गरी सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्नेछ ।

आज ४ वटा कन्टेरले ऊन बोकेर ल्याउने छ । सो कन्टेनरलाई नेपाली र चिनियाँ अधिकारीले स्वागत गरेका छन् ।


क्लिकमान्डु