काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पर्यटन विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले नेपालको विविधता विश्वसामू आर्कषणको केन्द्र रहेको भन्दै पर्यटन क्षेत्र कहिल्यै अन्त्य नहुने सम्भावना बोकेको क्षेत्र भएकाले यसको विकासमा सरकार लागीपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद बहादुरसिंह तामाङले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना भएपनि आवश्यक भौतिक पूर्वाधार बिना यो सम्भव नहुने भएकाले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
नेकपा सांसद तथा पूर्वमन्त्री टेकबहादुर बस्नेतले पर्यटन क्षेत्र उच्च संभावनाको क्षेत्र भएको भन्दै यसको विकासमा राज्य गम्भीर हुनुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले पर्यटन क्षेत्रको बिकासका एजेण्डाहरु सरोकारवालाहरुलाई सम्झाउनुपर्ने बेला आएको भन्दै पूर्वाधार बिकासमा जोड दिनुपर्ने बताए ।
उनले २० लाख पर्यटक भित्र्याउने योजना ठूलो कुरा नभएको भन्दै गुणात्मक पर्यटकको आगमन प्रमुख विषय भएको बताए ।
नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का अध्यक्ष सीएन पाण्डेले पर्यटन क्षेत्रको विकासमा गन्तव्य नेपालको सक्रियताले पर्यटन क्षेत्र चलायमान भएको बताए ।
प्रतिक्रिया