पुनर्निर्माणमा सरकारले चासो देखाएन, चार वर्षमा ५० प्रतिशत पनि काम भएन



काठमाडौं । भूकम्पले ध्वस्त बनाएका संरचना पुर्ननिर्माणमा सरकारको चासो कम देखिएको छ । आर्थिक सर्वेक्षण २०७५÷०७६ को फागुनसम्मको तथ्यांकअनुसार यो वर्ष भूकम्पबाट क्षतिग्रस्त संरचनामा सरकारले खासै ध्यान दिएको देखिन्न् ।

कुल १०३६९ ध्वस्त भएका संरचनामध्ये हालसम्म ५४५१ वटा संरचना मात्रै बनेका छन् । जुन ४७ प्रतिशत मात्रै हो । तर यो चार वर्षदेखिको तथ्यांक हो ।

जसमध्ये यो वर्ष सबैभन्दा कम ४६६ वटा संरचना बनेका छन् । जबकि गत वर्ष १८९४ र त्योभन्दा पनि अघिल्लो वर्ष सबैभन्दा बढी ३००८ वटा संरचना बनेका थिए । भूकम्प गएको वर्ष स्वास्थ्य संस्थाको भवनमध्ये ८३ वटा मात्रै बनेका थिए ।

सर्वेक्षणअनुसार आव २०७५÷०७६ को फागुनसम्म सार्वजनिक विद्यालयमध्ये ५६ प्रतिशत, पुरातात्विक सम्पदामध्ये २९ प्रतिशत, स्वास्थ्य संस्थामध्ये ५४ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ ।

क्षतिग्रस्त सरकारी भवनमध्ये ५४ प्रतिशत र खानेपानी आयोजनामध्ये १८ प्रतिशत मात्रैको पुनर्निर्माण भएको छ ।


क्लिकमान्डु