एकवर्षमा पशुपालनको लागि कर्जा लिनेको संख्या २० हजारले बढ्यो, १२ अर्ब कर्जा

98
Shares

काठमाडौं । एकवर्षको अवधीमा पशुपालनको लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको संख्या २० हजारले बढेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गतवर्ष फागनु मसान्तसम्ममा पशुपालनको लागि ऋण लिनेको संख्या ९५ हजार ५० जना थियो । यो वर्षको फागुन मसान्तसम्ममा १ लाख १५ हजार पुगेको छ ।

यस्तै पशुपालनको लागि १२ अर्ब ३४ करोड रुपैयाँ ऋण प्रवाह भएको छ । अघिल्लो वर्ष फागुन मसान्तसम्ममा ९ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
पशुपालन क्षेत्रमा स्विकृत ऋण रकम भने २० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम १५ अर्ब रुपैयाँ थियो ।

फागुन मसान्तसम्ममा बाख्राको संख्याको ४ लाख १९ हजार ७०३ छ । यस्तै बंगुरको संख्या ७२ हजार ९१२ पुगेको छ । पाडापाडीको संख्या २८ हजार २४२ पुगेको छ । भैसी ८३ हजार ६६९,गाई २२ हजार ७९५ पुगेको छ ।