एसियन लाइफ इन्स्योरेन्स र एक्सेल बैंकबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकले जीवन बीमा सेवा सम्बन्धी सम्झौता गरेका छन् ।

आइतबार सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राजेशकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले हस्ताक्षर गरे ।

सम्झौतापछि एक्सेल डेभलपमेन्ट बैंकका ३० वटा शाखाबाट समेत एसियन लाइफले ल्याएको जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।


क्लिकमान्डु