न्यूरोडमा स्मार्ट पार्किङ सुरू हुँदै , मोबाइलको एपबाट बुक गर्न सकिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा स्मार्ट पार्किङ सुरु गर्ने भएको छ । महानगरले ह्विल्स ट्रयुली योर्स प्रालिसँगको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गर्न लागेको हो ।

न्यूरोडको बिशाल बजार, इन्द्रचोक, धर्मपथ, पाको आरबी कम्प्लेस अगाडि र रामेश्वर स्वीट्सको पछाडि स्मार्ट पार्किङ सुरु गर्न लागिएको हो । स्मार्ट पार्किङमा मोबाइल एपमार्फत बुक समेत गर्न सकिन्छ । पार्किङ खाली भएको वा नभएको मोबाइलको एप पार्क केटीएम एपबाट जानकारी लिइ बुक समेत गर्न सकिन्छ ।

त्यस्तै, पार्किङ अगाडि ठूलो एलईडी स्क्रिनबाट समेत पार्किङबारे जानकारी लिन सकिन्छ । मोबाइलबाट बुक गर्नका लागि १५ मिनेट अगाडि मात्रै गर्न सकिनेछ ।

स्मार्ट पार्किङमा २ पांग्रे सवारीलाई प्रति घण्टा २५ रुपैयाँ, चार पांग्रेलाई प्रति घण्टा ६० रुपैयाँ तोकिएको छ । त्यस्तै, ६ पांग्रेलाई २०० रुपैयाँ तोकिएको छ । महानगरपालिकाका अनुसार एक साथ ८ सय बाइक र ४० वटा कार पार्क गर्न सकिन्छ ।

सेवा २४ घण्टा नै उपलब्ध हुनेछ


क्लिकमान्डु