सेयर किनेपछि चेक बुझाउन ब्रोकरकहाँ जाने दिन सकियो



काठमाडौं । दोस्रो बजारमा सेयर किनेपछि लगानीकर्ताहरु आफै ब्रोकर कार्यालयमा चेक बुझाउन जानु पर्ने बाध्यता अन्ततः सकिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन कारोबार प्रणालीमा बैंक इन्ट्रिगेसन भएपछि आज (आइतबार) देखि लगानीकर्ता चेक बोकेर ब्रोकर कार्यालयमा धाउनु पर्ने दिन गएको हो । आजदेखि विभिन्न ४८ वटा बैंकबाट लगानीकर्ताहरुले यो सेवा लिन सक्नेछन् ।

क्लियरिङ हाउसका अनुसार पहिलो चरणमा सुरु भएको यो कामको परिणाम हेरेपछि दोस्रो चरणमा लगानीकर्ताले सेयर बिक्री गरे बापत आउने रकम पनि सिधै आफ्नै बैंक खातामा ल्याउने व्यवस्था हुने छ । त्यसको लागि केही समय लाग्ने बताइएको छ ।

क्लियरिङ हाउसका एक पटकमा एक लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र पैसा कारोबार गर्न मिल्ने छ ।

मासिक १० लाख भन्दा बढी कारोबार गर्न परेको खण्डमा चेक बुकबाट नै कारोबार गर्नुपर्ने छ ।


पुष्प दुलाल