काठमाडौं । १० महिनामा ११ खर्ब रुपैयाँको ब्यापारघाटा भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।
भन्सार विभागका अनुसार ११ खर्ब ७८ अर्ब रुपैयाँको बस्तु आयात भएको छ । जबकी ११ महिनामा ७८ अर्ब रुपैयाँको मात्र वस्तुको निर्यात भएको छ ।
११ महिनामा सबैभन्दा बढी आयात भारतबाट भएको छ । भारतबाट ७ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । जबकी जबकी निर्यात जम्मा ५० अर्ब रुपैयाँको रहेको छ ।
यस्तै चीनबाट १ खर्ब ६९ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । निर्यात जम्मा १७ अर्ब ८९ करोडको रहेको छ ।
भन्सार विभागको तथ्यांकमा नेपालले १४२ वटा देशबाट वस्तु आयात गरेको छ । निर्यात पनि सोही संख्यामा नै गरेको छ ।
सबैभन्दा बढी पेट्रोलियम पदार्थ,गाडी तथा फलाजन्य वस्तुहरु अत्याधिक आयात हुने सूचिमा पर्छन् ।
प्रतिक्रिया