यता पनि आइलाग्यो पप्पूलाई आपत, कालोसूचीमा राख्ने तयारी



काठमाडौं । हुलाकी राजमार्ग निर्माणको जिममा लिएको हरिनारायण रौनियारको कम्पनी पप्पू कन्स्ट्रक्सनको ठेक्का खोसुवामा पर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय हुलामी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पप्पूको ठैक्का टोडने निर्णय गरेको हो ।

पप्पूले सम्झौता बमोजिम काम सुरु गरी बिचैमा छाडी कार्य सम्पन्न गर्नेतर्फ कुनै पनि चासो नदेखाएकाले सम्झौता खारेज गर्न लागिएको आयोजनाले जनाएको छ ।

पटक-पटक मौखिम जानकारी गराएको, लिखितरुपमा समेत सचेत गराउँदा समेत कार्य सम्पन्न गर्न पहल नगरेको पाइएको आयोजनाको ठहर छ ।

आयोजनाले गत वैशाख २८ गते पनि एक सार्वजनिक सूचना प्रकाशित गरी ७ दिनभित्र सम्पर्कमा आउन पप्पूलाई आग्रह गरेको थियो । तर सो समयमा समेत ठेकेदारले कुनै पनि जानकारी नगराएको तथा आयोजनाको कार्यालयमा समेत उपस्थित नभएको पाइएको छ ।

पटक पटक आग्रह गर्दा समेत सम्पर्कमा नआएका कारण थप ७ दिनभित्र समेत सम्पर्कमा नआए पप्पूलाई कानुन अनुसार कारवाही हुने आयोजनाले जनाएको छ ।

सार्वजनिक खरीद ऐन २०७३ बमोजिम कालो सूचीमा राख्ने र बाँकी बक्यौता रकम असुल गर्ने योजना कार्यालय इटहरीले जानकारी दिएको छ ।


क्लिकमान्डु