अब ५ करोडभन्दा कम विदेशी लगानी ल्याउन नपाइने



काठमाडौं । सरकारले विदेशी लगानीका लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्तालाई ५ करोड तोक्ने निर्णय गरेको छ । बिहीबार पत्रकारसम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त जानकारी दिए ।

उद्योग मन्त्री मातृका यादवले न्यूनतम सीमा ५ करोड रुपैयाँको प्रस्ताव मन्त्रिपरिषद् लगेका थिए । मन्त्रिपरिषद्को बैठकले विदेशी लगानी ल्याउनका लागि ५० लाख डलर अर्थात नेपाली ५ करोड रुपैयाँ सीमा निर्धारण गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ । यो सीमा यस अगाडि ५० लाख रुपैयाँ थियो । २०६९ साल अघिसम्म यो सीमा २० हजार डलर थियो ।

केही समय अगाडि आएको विदशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानीको न्यूनतम सीमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोक्ने व्यवस्था गरेको थियो ।

त्यस्तै, बढीमा ६ अर्ब रुपैयाँसम्मको विदेशी लगानी स्वीकत गर्ने अधिकार उद्योग विभागमा छ । विदेशी लगानीको न्यूनतम सीमा नतोकिँदा फाइल अड्किएर बसेको छ ।


क्लिकमान्डु