नवलपुरका हुरी पीडितलाई विनोद चौधरीले जस्तापाता सहयोग गरे



काठमाडौं । नवलपुरको देबचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता सहयोग गरेको छ ।
नेपाली का“ग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिनापानीले ब्यापक क्षति पु¥याएलगत्तै सहयोग उपलब्ध गराएका हुन् ।

जेठ ७ र ८ गतेको हुरी तथा असिनापानीले नवलपुरका २ सयभन्दा धेरै घरका छानो उडाएको छ । र, घरहरूमा समेत क्षति पुर्याएको छ ।

‘नवलपुरमा आएको हुरी तथा असिनापानीले आमनागरिकमा पुर्याएको असरबाट मर्माहत भएको छु । नवलपुरको वासिन्दा र यहाँहरूको जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु,’ सांसद चौधरीले नवलपुरवासीलाई पठाएको सन्देशमा भनेका छन्– ‘यो दुःख तपाईहरूको मात्रै नभएर मेरो पनि हो । हामी सबै मिलेर यसको सामना गर्नेछौँ ।’

विहिबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको छ । नगरपालिकाको अध्ययन टोलीले हुरी पीडितका लागितत्काल सबैभन्दा आवश्यकता जस्ता पाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीका लागि जस्तापाता को व्यवस्था मिलाएका हुन् ।

पीडितमध्ये पनि आर्थिकरुपमा विपन्न र सर्वाधिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग वितरण गर्ने व्यवस्था मिलाइएको छ । सांसद चौधरीले उपलब्ध गराएको सहयोग करिब १० लाख रूपैया“ बराबर रहेको छ ।

जेठ ७ र ८ गते आएको हावाहुरीले देबचुली नगरपालिकाको सितावास, रामबास, मुण्डे, बिशालटार र लक्ष्मीपुर क्षेत्रका घर, गोठका छानो उडाएको छ ।

जसकाकारण पीडितहरू चर्को गर्मी र हुरी वतासकाबीच खुला आकाशमा बस्नुपर्ने अवस्था छ । हुरीस“गै आएको असिनापानीले खाद्यान्न, लत्ताकपडा समेत भिजेको सिताबासका पीडित आषिश भुर्तेलले बताए ।


क्लिकमान्डु