अर्थमन्त्रीले बेलायती मन्त्रीसँग भने: थप चार क्षेत्रमा लगानी आवश्यक



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान त्यसैतर्फ केन्द्रित भएको बताएका छन् । बुधबार बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनसँगको भेटमा मन्त्री डा. खतिवडाले यस्तो बताएका हुन् ।

भेटमा अर्थमन्त्री डा.खतिवडाले मुलुकमा राजनीतिक स्थिरतासँगै वर्तमान सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताए । उनले हालै सम्पन्न लगानी सम्मेलनमा बेलायती सरकारको तर्फबाट देखिएको सदासयता प्रति खुशी व्यक्त गरे ।

बेलायती सरकार दिपक्ष्ािय दातृ निकायहरु मध्ये सबैभन्दा ठुलो दातृ निकाय भएकोमा धन्यावद दिदैँ आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउँने तर्फ सरकार सजग रहेको स्पष्ट पारे ।

भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्ति सम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको अवगत गराए । उनले नेपाल संघीयता कार्यान्वयनको चराणमा रहेको भन्दै बेलायती सरकार सहकार्य र सहयोग गर्ने प्रतिवद्ध व्यक्त गरे । नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार सहयोगका लागि सदैव तत्पर रहेको धारणा राखे । उनले प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु