चेक बाउन्सका उजुरी बढ्दै, राष्ट्र बैंकद्वारा जेल सजाय घटाउने प्रस्ताव



काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक बाउन्समा हुने जेल सजायलाई घटाउने प्रस्ताव गरेको छ ।

अहिले चेक बाउन्सको मुद्दामा बिगो र बिगो बराबरको जरिवाना बाहेक १० लाखसम्मको चेक बाउन्स हुँदा एकवर्ष,५० लाखसम्मको लागि २ देखि ३ वर्ष, १ करोडसम्मको ३ देखि ४ वर्ष, १० करोडसम्मको लागि ४ देखि ६ वर्ष जेल सजाय गर्न सकिने व्यवस्था छ । यस्तै ५० करोडसम्मको लागि ६ देखि ८ वर्ष र १ अर्बसम्मको लागि ८ देखि १० वर्ष तथा १ अर्बभन्दा बढीको चेक बाउन्समा १२ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।

चेक काट्दै हुनुहुन्छ ? गंभिर हुनोस्, ‘बाउन्स’ भए यस्तो कारबाही हुन्छ

अब बढीमा ६ महिना मात्र जेल सजाय हुने गरेर राष्ट्र बैंकले ऐनमा व्यवस्था गर्न लागेको छ ।

राष्ट्र बैंकले बैकिङ कसुर तथा सजाय ऐनमा परिवर्तन गरेर चेक बाउन्समा हुने जेल सजायलाई घटाउन लागेको हो ।

‘आर्थिक मुद्दामा जेल सजाय बढी भएको हुँदा घटाउने प्रस्ताव गरिएको हो, बढीमा ६ महिनाभन्दा बढी जेल सजाय यस्तो मुद्दामा हुनुहुन्न भन्ने हो,’राष्ट्र बैंकले स्रोतले भन्यो ।

राष्ट्र बैंकले प्रस्ताव गरेको विधेयकमा १० लाखसम्मको चेक बाउन्समा १ महिना कैद सजाय हुने छ । १० देखि ५० लाखसम्मको लागि तीन महिना र ५० लाखभन्दा बढीको चेक बाउन्स भएमा ६ महिना कैद सजायको प्रस्ताव गरिएको छ ।

पछिल्लो समय चेक बाउन्सको मुद्दा प्रहरीमा अत्याधिक पर्न थालेको छ । कतिपय नजान्दा समेत चेक बाउन्सको मुद्दा पर्ने गरेको हो ।

पैसा नभएको खाताको चेक काट्दै हुनुहुन्छ ? कालोसूचिमा परिएला नि !

विधेयक राष्ट्र बैंकले अर्थमन्त्रालयमा पठाउनुपर्छ । अर्थमन्त्रालयले राष्ट्र बैंकले तयार गरेको मस्यौदा भने परिवर्तन गर्न सक्छ । अर्थमन्त्रालयले रायको लागि कानून मन्त्रालयमा पठाउने छ । कानूनबाट मन्त्रीपरिषद् हुँदै विधेयक पास गर्नको लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा जाने छ ।


क्लिकमान्डु