भारतको सय वर्ष पुरानो ‘फलोदी’ सट्टाबजार, नरेन्द्र मोदीको जितमा लाग्यो १ लाख करोड सट्टा



भारतको राजस्थानमा रहेको फलोदी सट्टा बजारका लागि परिचित शहर हो । यहाँ सट्टा कुनै पनि चिजमा लाग्न सक्छ, अमेरिकाको निर्वाचन होस वा भारतको निर्वाचन होस कुनै पनि विषयमा सट्टा लगाइन्छ ।

यहाँसम्म कि साढेँको लडाईमा, पानी पर्छ कि पर्दैन भन्नेमा पनि सट्टा लाग्छ । केही विषय भएन भने पनि सिक्का उचालेर होस या चप्पल उचालेर उल्टो पर्छ कि सुल्टो पर्छ भन्ने विषयमा समेत सट्टा लाग्छ ।

यहाँका हरेक मानिस सट्टा खेल्नमा माहिर छन् । हरेक मान्छे सट्टा बजारसँग जोडिएको छ । यहाँको मानिसको पेशा, व्यवसाय जे भने पनि सट्टा हो । सट्टा गैरकानूनी भए पनि कसैले आजसम्म रोक्न भने सकेको छैन् । फलौदीको सट्टा बजारलाई सही भविष्यवाणी गर्ने थलोका रुपमा पनि चिनिन्छ ।

फलोदीबारे एउटा भनाइ छ, टेलिभिजन र विभिन्न रिसर्चका सर्भे फेल हुन सक्छन तर फलोदीको सट्टा बजारको भविष्यवाणी कहिल्यै फेल हुँदैन् ।
फलोदीमा सयौं वर्षदेखि सट्टाको कारोबार हुँदै आएको छ । यहाँका मानिसहरु हरेक कुरामा सट्टा लगाउँछन् ।

फलोदीमा २ हजार गल्लीमा ६ वर्षको बच्चादेखि वृद्ध मानिसहरु समेत सट्टा खेलाउँछन् । उनीहरु सट्टा बजारलाई आफ्नो मुख्य पेशा मान्छन्, व्यापार र यसैलाई उद्योग मान्छन् । यही सट्टा बजारमा भारतका गरिबदेखि लिएर करोडपतिसम्म सट्टा लगाउन पुग्छन् ।

सट्टा बजारले कारोबार मात्रै गर्दै, अत्यन्तै सटिक सर्भे पनि गर्छ । निर्वाचन सट्टा लगाउनु अगाडि त्यसमा गहिरो अध्ययन अनुसन्धान गर्छन् । रिपोर्ट निकाल्छन् । यहाँसम्म अमेरिकाको निर्वाचनको समेत अध्ययन गर्छन र सट्टा बजारमा मूल्य तोक्छन् ।

निर्वाचनमा १ लाख करोड भारु सट्टा बजारमा

भारतमा भइरहेको निर्वाचनले फलोदीको सट्टा बजार गमाएको छ ।
सट्टा बजारमा भारतीय जनता पार्टी (भाजपा)को बुधबारको भाउ २४० सिटमा ५ पैसा छ, २४५ सिटमा ७ पैसा, २५० सिटमा ४० पैसा र २५५ सिटका लागि ८५ पैसा राखिएको छ । यसको अर्थ हो, यदि तपाईले बिजेपीले २५५ सिट ल्याउँछ भन्ने आधारमा १ हजार रुपैयाँ सट्टा बजारमा लगाउनु भएको छ र तपाईको भविष्यवाणी सही भएमा १ हजार ८५० रुपैयाँ तपाईले पाउनु हुनेछ ।

त्यस्तै, कांग्रेसको ६० सिटका लागि ५० पैसा, ६५ सिटका लागि ९२ पैसा, ७० सिटका लागि १.७५ पैसा र ७५ सिटका लागि २.१५ पैसा सट्टा बजारमा मूल्य तोकिएको छ । यो हरेक दिन हरेक समय परिवर्तन भइरहन्छ । यसको अर्थ हो, यदि तपाईले भारतको यस निर्वाचनमा कांग्रेसले ७५ सिट ल्याउँछ भन्ने भविष्यवाणीका आधारमा १ हजार रुपैयाँ लगाउनु भएको छ र भविष्यवाणी सही निस्किएमा तपाईले २१५० रुपैयाँ फाइदा गर्नुहुनेछ ।

फलोदीको सट्टा बजारमा टिकट कस्ले पाउँछ भन्ने विषयमा समेत ८० करोड भारुको सट्टा लागेको थियो । भने यस निर्वाचनमा हालसम्म १ लाख करोड भारु सट्टा बजारमा लागिसकेको अनुमान भारतीय संचारमाध्यमले गरेका छन् । ऐजेन्सी


क्लिकमान्डु