अनुदार भनिएका अर्थमन्त्रीले बजेटमार्फत सेयर बजारमा दिँदैछन बम्पर प्याकेज



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा सेयर बजारका लगानीकर्ताका लागि प्रियकर होइनन् । ५ वर्ष राष्ट्र बैंकमा गभर्नर हुँदा पनि घरजग्गा र सेयर बजारका लगानीकर्ताका पक्षमा देखिएनन् ।

खतिवडा अर्थमन्त्री भएलगत्तै सेयर बजार र रियल स्टेट व्यवसाय अनुत्पादक क्षेत्र भएको अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए । उनको त्यो विवादले पटक-पटक विभिन्न माध्यमबाट विरोध खेप्नुपर्यो । त्यसैको असरले गर्दा लगानीकर्ताहरुले उनीविरुद्ध मोर्चाबन्दी नै गरेर आन्दोलन गरे । आन्दोलन मात्र हैन, अर्थमन्त्री डा। खतिवडाको राजीनामा समेत माग गरे ।

अन्तिममा पुँजी बजारमा देखिएका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलले ५८ बुँदे सुझाव दियो । त्यसपछि अर्थमन्त्रीको विरोध केही कम भयो । तथापी मन्त्री डा. खतिवडाको अभिव्यक्तिको धङधङी भने कायम नै छ ।

अब लगानीकर्ताका लागि पुँजीगत लाभकर ७.५ प्रतिशत नै अन्तिम हुने भएको छ । योभन्दा नबढ्ने देखिएको छ । पुँजीगत लाभकर ७.५ प्रतिशत हुने भएपछि वैशाख १ देखि लागू भएको प्यानलाई थप प्रभावकारी रुपमा लगाउन सकिने अर्थ स्रोतका भनाइ छ ।

अब भने मन्त्री डा खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा सबै धङधङी पार लाग्ने गरी लगानीकर्ताहरुले बम्पर उपहार दिने तयारीमा रहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार लामो समयदेखि विवादमा रहेको पुँजीगत लाभकरको विवाद टुंगिने भएको छ । मन्त्री डा. खतिवडाले आगामी आवको बजेटमा नै पुँजीगत लाभकरको विषय टुंगोमा पुर्याउने गरी काम अघि बढाएका छन् ।

स्रोतका अनुसार अब लगानीकर्ताका लागि पुँजीगत लाभकर ७.५ प्रतिशत नै अन्तिम हुने भएको छ । योभन्दा नबढ्ने देखिएको छ । पुँजीगत लाभकर ७.५ प्रतिशत हुने भएपछि वैशाख १ देखि लागू भएको प्यानलाई थप प्रभावकारी रुपमा लगाउन सकिने अर्थ स्रोतकाे भनाइ छ । यस अघि प्यान लगाउने विषयमा लगानीकर्ताहरुले निकै विरोध गरेका थिए ।

आगामी बजेटमा हकप्रद र बोनस सेयरमा पनि कर लाग्ने भएको छ । यसमा भने निश्चित गणाना विधि हुने भएको छ । घरजग्गामा लागेको जस्तो गरेर सेयर बजारमा समेत अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको लागि लाग्ने पुँजीगत लाभकर भने फरक हुनेछ ।

बजेट निर्माणमा जुटेको अर्थमन्त्रालयको एक स्रोतले क्लिकमाण्डूलाई दिएको जानकारीअनुसार एकवर्ष अवधिमा सेयर बिक्री गरेर लाभ गर्नेको लागि १० प्रतिशत लाभकर लाग्ने छ । एकवर्षभन्दा बढी राखेर सेयर बेच्नेले प्राप्त गर्ने लाभमा साढे सात प्रतिशत लाभकर लाग्ने छ ।

‘सेयर बजारको लागि अनुदान भनिएका अर्थमन्त्रीबाट एउटा ठूलो प्याकेज सेयर बजारका लागि ल्याउने तयारी छ, यसले सेयर बजारको विकासको लागि साच्चिकै एउटा इट्टा थप्न मद्दत गर्छ,’ बजेट निर्माणमा सक्रिय अर्थमन्त्रालय स्रोतले भन्यो ।


क्लिकमान्डु