राष्ट्र बैंकले ६ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

क्लिकमान्डु २०७६ जेठ ७ गते १२:२९ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र–२०८७ ‘ख’ बिक्री गर्ने भएको छ । ११ वर्ष अवधिमा रहेको ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट तय गरिने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्रको आज मंगलबार अपहरान्ह ३ बजे बोलकबोल गर्ने र बुधबार भोली जारी हुने जनाइएको छ । यो अणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, नेपाली नागरिक, बिमा कम्पनी लगायत संगठित संस्थाले खरिद गर्न पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको साँवा २०८७ जेठ ८ गते भुक्तानी हुनेछ । ब्याज भने प्रत्येक ६–६ महिनामा हुनेछ । यो ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स