विच्याट र अलिपे जस्ता गैरकानूनी विदेशी पेमेन्ट प्रणाली बन्द गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरकानुनी रुपमा प्रयोग भइरहेका विदेशी पेमेन्ट सिस्टमको प्रयोगमा रोक लगाएको छ ।
सोमबार सूचना जारी गर्दै बैंकले विदेशी पेमेन्ट सिस्टमसँग प्रत्यक्ष आबद्ध भएको कुनै पनि क्यूआर कोड, पिओएस मेसिन वा अन्य कुनै पेमेन्ट सिस्टम (विच्याट र अलिपे)को प्रयोगमा रोक लगाएको हो ।

बैंकबाट स्वीकृतप्राप्त नगरी त्यसरी भइरहेको पेमेन्ट गैरकानूनी रहेको भन्दै बैंकले त्यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले प्रयोग नगर्न भनेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागकी का.मु. कार्यकारी निर्देशक सरिता भट्ट अधिकारीले त्यसरी प्रयोग भएको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानुन बमोजिम कारबाही हुने बताइन् ।

खासगरी नेपालमा चिनियाँ पर्यटकहरुले विच्याट र अलिपे जस्ता माध्यमबाट रकम भुक्तानी गर्दै आएका छन् । जसका कारण नेपालमा रकम जम्मा नभइ सिधै चीनमा जम्मा हुँदै आएको छ । जसका कारणले पर्यटकको संख्या बढे पनि आम्दानी भने सोही अनुसार भएको छैन् ।

पर्यटन क्षेत्रमा लामो समयदेखि समस्या रहँदै आएको थियो ।

 


क्लिकमान्डु