जीवन बीमा गर्न कर्मचारीलाई बीमा संस्थान र लगानी कोषको आव्हान



काठमाडौं । राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषले राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ ।

सोमबार सूचना जारी गर्दै चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार सबै कर्मचारीलाई सावधिक जीवन बीमा योजनामा सहभागी हुन आव्हान गरेको हो । यो बीमा योजनामा निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सामूदायिक विद्यालयका स्थायी शिक्षक सहभागी हुन पाउने छन् ।

बीमा योजना गत साउन १ गतेदेखि सञ्चालन भइरहेको छ । आगामी असार मसान्तसम्म ५० वर्ष उमेर पुगेका कर्मचारीले ९ हजार ६ सय रुपैयाँ बीमा शुल्कवापत बुझाउनुपर्ने छ । गत साउन १ गतेदेखि नयाँ नियुक्त भएका कर्मचारीको न्यूनतम मासिक तलबबाट ४ सय रुपैयाँ कट्टा गर्ने र सरकारले ४ सय रुपैयाँ थप गरी ८ सय रुपैयाँ जम्मा हुने छ ।


क्लिकमान्डु