प्रधानमन्त्रीको दाबीः आगामी बर्षको बजेटले देश विकासको गियर बढाउँछ



धादिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् ।

धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रष्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ’ प्रधानमन्त्री ओलीले भने ‘देश विकासको गति दुई गियरमा छ भने तीनमा पु¥याउँछ । तीनमा छ भने चारमा पु¥याउँछ ।’

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए । ‘हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं’ प्रधानमन्त्री ओलीले भने ‘सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले विकास,शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताए । ‘सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको बताए । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामी केही बर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं’ प्रधानमन्त्री ओलीले भने ।


क्लिकमान्डु