ज्योति विकास बैंक र नेपाल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं । ज्योति विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीकाबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याइने छ ।

सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीे र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले हस्ताक्षर गरेका छन । अब बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

ज्योती विकास बैंकले हाल ९७ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र २८ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।


क्लिकमान्डु