अनुमतिविना विदेशमा खाता खोल्नेलाई कारवाही गरिने




काठमाडौं । ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाको आजको बैठकमा पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक प्रतिनिधिसभाको आजको बैठकमा पेश गरेका हुन । यसअघि विधेयकमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेकोे विरोधको सूचना सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

विरोधको सूचनामार्फत सांसद सुवालले उठाएका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री खतिवडाले सदाचारका मूल्यमान्यता अनुरुप काम नगर्ने कर्मचारीलाई कानूनअनुसार कारवाही हुने बताएका थिए ।

कर उन्मुक्ति हुने क्षेत्रमा सरकारको ध्यानाकर्षण भएकाले थप व्यवस्थित हुने उनको भनाइ थियो । नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशमा खोलिएका खातावालालाई कारवाही गरिने प्रतिबद्धतासमेत मन्त्री खतिवडाले जनाए । रासस


क्लिकमान्डु