राष्ट्र बैंक तथ्यांक : गतवर्षभन्दा यो वर्ष तरकारी र दालको मूल्य नै घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले गतवर्षको तुलनामा तरकारी र दालको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा औसतमा मूल्यबृद्धि ४.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ५.३ प्रतिशत मूूल्यबृद्धि भएको थियो ।
२०७५ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो ।
२०७५ चैत महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ६.२ प्रतिशत, पहाडमा ४.८ प्रतिशत, काठमाडौं उपत्यकामा ४.७ प्रतिशत र तराईमा ४.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ७.० प्रतिशत, ६.० प्रतिशत, ४.३ प्रतिशत र ५.७ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार तरकारीको मूल्य अघिल्लो वर्षभन्दा ४.४ प्रतिशतले घटेको छ । यस्तै दाल तथा गेडागुडीको मूल्य ०.७ प्रतिशतले घटेको छ । यस्तै फलफुलको ०.९ प्रतिशतले मूल्य बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु